नेपाल बैंकले २३ बर्ष पछि आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न सफल भएको छ । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले पुस २५ गते बार्षिक साधारणसभा गरी लाभांश प्रस्ताब पारित गरेको हो ।

साधारणसभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश सहित कुल २५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त १५ प्रतिशत बोनस शेयरमा भने प्रतिकित्ता २७५ रुपैयाँका दरले मुल्य समायोजन भइसकेको छ र अब बाँकि १० प्रतिशत नगद लाभांश पनि शेयरधनीको बैंक खातामा नै पठाइने बैंकले जनाएको छ ।

बैंकका अनुसार जगेडाकोषमा अरु पनि बाँड्न मिल्ने रकम रहेको र यस बर्षको कमाईबाट समेत लाभांश वितरण गर्न सकिने हुदाँ आगामि बर्षहरुमा शेयरधनीले निरन्तर लाभांश पाउने जनाएको छ ।

साथै बैंकको अधिकृत पुँजी १० अर्बबाट बढाएर १५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी हाल ९ अर्ब ८१ करोड रहेकोमा १५ प्रतिशत बोनसपछि ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here