शेयर बजारमा नेपाल लाईफको शेयर कारोबार रकम र शेयर मूल्य दुबै बढेर सर्वाधिक कारोबार हुँदा बीमा क्षेत्रका कम्पनीहरुको शेयर मूल्यमा नयाँ माहौल देखा परेको छ ।

पुस १४ गते सोमबारको शेयर बजारमा अधिकांश बीमा कम्पनीहरुको शेयर मूल्यमा बढोत्तरी भएर ती कम्पनीका सूचकहरु उचालिएका छन् ।

बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने समय आउँदै गर्दा ती कम्पनीहरुको पूँजी र बजारमा किनबेच हुने शेयर संख्या समेत तुलनात्मक रुपमा बाणिज्य बैंकको भन्दा कम भएकाले पूँजीगत लाभ र लाभांश दुबै खोज्नेहरुले गतिबिधि बढाएका छन् ।

राम्रो लाभांश प्रस्ताब गरेर मूल्य समायोजन भएका ठूला बाणिज्य बैंकहरुको शेयर मूल्य लगातार घटिरहेको बेला बीमा क्षेत्रले शेयर बजारलाई तरंगित बनाएको छ । शिबम र स्वदेशी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढेको छ ।

सोमबार धेरै मूल्य बढेका कम्पनी

धेरै कारोबार भएका कम्पनी

सोमबार सिद्धार्थ बैंकको डिबेन्चरको समेत खरिद बिक्री भएर ६२ करोड बराबरको कारोबार हुँदा नेप्से सूचकमा ५.५३ अंकको बढोत्तरीका साथ ११६७.९५ विन्दुमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here