नेपाल हाइड्रो डेभलोपरले र बुटवल पावरले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा बढाएर वित्तिय विवरण सार्बजानिक गरेका छन ।

गत बर्ष एक करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको नेपाल हाइड्रो डेभलोपरले चालु आर्थिक बर्षमा २ करोड ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन गत बर्षको तुलनामा ३८.६६ प्रतिशतले बढि हो ।

बिद्युत बिक्रिबाट हुने आम्दानी घटेपनि प्रशासनिक तथा बिद्युत विक्री गर्दा लाग्ने खर्च कम हुदा कम्पनीको खुद नाफा बढेको हो ।

हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी भने ११.३७ प्रतिशतले घटेको छ । गत वर्षको बिद्युत विक्रीबाट ८ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीलेले यस बर्ष ७ करोड ५६ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ जुन गत बर्षको तुलनामा ११.३७ प्रतिशतले कम हो ।

चुक्ता पूँजी २६ करोड रहेको कम्पनीले जगेडा कोष ५९ लाख १३ हजार रुपैयाँबाट बढाएर ३ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । हाइड्रोको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात १६.१९ गुणा बढी छ ।

त्यस्तै बुटवल पावर कम्पनीले पनि गत बर्षको तुलनामा खुद नाफा १३.९० प्रतिशतले बढाएर चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

गत वर्ष ६५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस बर्ष ७५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा उसको खुद नाफामा पनि सुधार आएको हो । गत बर्ष बिद्युत बिक्री बाट ५२ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा विद्युत बेचेर ५२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँबाट बढाएर २ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । पुँजी बृद्धिको चापले कम्पनीको प्रतिशेयर आम्दानी भने ३२ रुपैयाँ ४३ पैसाबाट ३० रुपैयाँ ७७ पैसामा सिमित भएको छ ।

प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ ७१ पैसा रहेको बुटवल पावरको मूल्य आम्दानी ११.७ गुणा बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here