नेपाल स्टक एक्सचेन्जको पूर्ण अनलाईन कारोबार प्रणालीले एकैदिनमा दुईपटक धोका दिएर कारोबार अबरुद्ध भएको छ । अपरान्ह १२ बजेर ४१ बजेबाट प्रणाली अबरुद्ध भएर कारोबार रोकिएकोमा त्यसको ५५ मिनेटपछि बजार खुलेको थियो तर २ अनलाईन तबजेर ४७ मिनेटमा फेरि अनलाइृन र अफलाईन कारोबार ठप्प भएको छ ।

नेप्सेको अनलाईन कारोबार प्रणालीको ब्रोकरको डाटा सेन्टरमा समस्या आएकोले किनबेच ठप्प भएको नेप्सेले जनाएको छ । सोमबार जस्तै बिक्री चाप परेको बेला प्रणाली बिग्रिएको थियो भने कोलाहाल नै मच्चिने अबस्था देखिएको छ ।

अबरुद्ध भएको समय ५५ मिनेट थपेर कारोबार समय बढाईएको घोषणा भए पनि फेरि प्रणाली अबरुद्ध भएकाले अन्योल बढेको छ ।

दोस्रोपटक कारोबार रोकिदासम्म तीन अर्ब ३२ करोडको कारोबार भएको छ । धेरै कम्पनीका शेयर मूल्य बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here