नेपाल स्टक एक्सचेन्जको पूर्ण अनलाईन कारोबार प्रणालीले आईतबार फेरि धोका दिएको छ ।, प्रणालीले ठीक ढंगले काम नगरेपछि कयौं शेयर दलालले मध्यान्ह १२ बजेसम्म काम गर्न पाएका छैनन् भने केहीको कारोबार चलेको पाईएको छ ।

माथिल्लो तामाकोशीको शेयर किनबेचमा किन्ने र बेच्नेको संख्या अधिक भएर प्रणालीले भार थाम्न नसक्दा पुरै प्रणालीमा असर परेको छ र कयौं शेयर दलालहरुले कारोबार गर्नबाट बंचित हुनु परेको छ ।

कतिपय दलालहरुले काम गर्न नपाउँदा पहिले हालेको आदेश झिक्न वा संशोधन गर्न पाएका छैनन भने नयाँ आदेश राख्न पनि अबरोध सिर्जना भएको दलालहरुले बताएका छन् ।

कुनै दलालको प्रणालीले काम गर्ने कुनैले काम गर्न नपाउने अबस्था हुँदा शेयर बजारको कारोबार अस्वस्थ भएर जान्छ र लगानीकर्ताले सहज रुपमा किनबेचको अधिकारबाट बंचित हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here