नेपाल ईन्स्योरेन्समा लामो समय कार्यरत रहँदा कम्पनीलाई झण्डै बिघटनमा लैजाने अबस्थामा पुर्याएका चन्द्र साउदलाई नेपाली जनताको २० खर्ब लगानी रहेको पूँजी बजारको ताला चावी जिम्मा लगाउने अन्तिम तयारी भएको स्रोतले जनाएको छ ।

अर्थ मन्त्तालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले नेप्सेको महाप्रबन्धकका लागि सबैभन्दा बढी प्राथमिकता दिएर साउद, त्यसपछि प्राध्यापक प्रमोद शर्मा र ज्योति बिकास बैंकका नायव प्रमुख कार्यकारी मनोज ज्ञवालीलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । तर बिभागले तीन जनाको नाम सिफरिस गरिएको कुरा सार्वजनिक गरेको छैन ।

अर्थ अन्तर्गतको बित्तीय क्षेत्र ब्यवस्थापन विभाग हेर्ने सहसचिव उत्तर खत्रीलाई सिफारिसबारे बुझ्न फोन सम्पर्क गर्दा कुराकानी गर्न मान्नुभएन ।

नेप्सेमा महाप्रबन्धक नियुक्तिका लागि १३ जनाले आबेदन दिएकोमा पूर्व महाप्रबन्धक सिताराम थपलिया, ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउद र नेप्सेका कर्मचारी प्रविण पन्दुक संक्षिप्त सूचीमा छानिएका थिए ।  योजना प्रस्तृति र अन्तर्वार्ताबाट तीन जनाको छनौट गरिएको भनिए पनि योजना प्रस्तृति र अन्तर्वार्तामा साउद अन्य चार जना भन्दा धेरै कमजोर सावित भएका थिए ।

नेप्सेका निवर्तमान महाप्रबन्धक सिताराम थपलियालाई समेत तीन जनाको सूचीमा नपारी सेयर बजारमा बिबादास्पद छवी बनाएका साउदलाई नियुक्त गर्ने योजना देउवा सरकार, पूँजी बजार र स्वयं साउदकै लागि घातकसिद्ध हुने संभावना देखिएको छ ।

सिफारिस समितिले तीन जनाको नाम सिफारिसलाई सार्बजनिक नगरी गुपचुप रुपमा नियुक्तिको निर्णय गर्न लागिएको छ । यसमा केही ब्यापारिक धरानाको खेल, पैसा र प्रधानमन्त्री देउवाको क्षेत्रीयता मोहले काम गरेको जानकारहरु बताउँछन् ।

अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले महाप्रबन्धकका आबेदकहरुको योजना मूल्यांकन र अन्तर्वार्ता समेत सकेर दशै अघि नै नियुक्ति सिफारिसको निर्णय गरेको थियो । प्रधानमन्त्री देउवा दशै सुरु भएपछि मात्र स्वदेश फर्किएकाले मन्त्रिपरिषदको बैठक बसेर निर्णय गर्न ढिलाई भएको हो ।

पूँजी बजारको मुख्य संस्था नेप्सेमा साढे दुई महिनादेखि महाप्रबन्धक खाली हुँदा त्यहाँबाट हुनुपर्ने महत्वपूर्ण कामहरु प्रभावित भएका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here