प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणबाट फर्किने बित्तिकै नेपाल स्टक एक्सेचेन्ज (नेप्से) मा महाप्रबन्धक नियुक्ति हुने भएको छ ।

अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले महाप्रबन्धकका आबेदकहरुको योजना मूल्यांकन र अन्र्तवार्ता समेत सकेर नियुक्ति सिफारिसको तयारी पनि गरिसकेको छ ।

निर्वाचन आचार संहिता लागु भएकाले नेप्सेको महाप्रबन्धक नियुक्तिको लागि निर्वाचन आयोगको सहमति लिने प्रक्रिया अगाडि बढेको छ । अर्थ मन्त्रालयले निर्वाचन आयोगको सहमतिका लागि पत्र पठाएकाले त्यो आए लगत्तै मन्त्रिपरिषदको बैठक बसेर महाप्रबन्धक नियुक्ति हुने भएको छ ।

नेप्सेको महाप्रबन्धकका लागि “भित्री खेल” निर्णायक हुने संभावना

स्रोतका अनुसार मन्त्रालयले पाँच जना उम्मेदवार मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने टुंगो लगाएको छ । तर उनीहरुको नाम भने प्राप्त हुन सकेन ।

अर्थ अन्तर्गतको बित्तीय क्षेत्र ब्यवस्थापन विभाग हेर्ने सहसचिव उत्तरकमाुर खत्रीले सबै तयारी भईसकेकाले निर्वाचन आयोगको सहमतिको पखाई नै मुख्य कुरा रहेको सेयरलगानी डटकमलाई बताए । उनले प्रधानमन्त्री देउवा अमेरिकाबाट फर्किएपछि दशैं अघि नै मन्त्रिपषिदको बैठक बस्न सक्छ कि सक्दैन भन्ने बारेमा आफुहरुले केही भन्न नसक्ने उल्लेख गरे ।

नेप्सेमा महाप्रबन्धक नियुक्तिका लागि १३ जनाले आबेदन दिएकोमा पूर्व महाप्रबन्धक सिताराम थपलिया, ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपार्ल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउद र नेप्सेका कर्मचारी प्रविण पन्दुक संक्षिप्त सूचीमा छानिएका थिए । उनीहरुको योजना प्रस्तृति र अन्तर्वार्ताबाट तीन जनाको छनौट भईसकेको स्रोतको भनाई छ ।

मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषदको बैठक बस्नु भन्दा केही अघि मात्र तीन जनाको नाम सिफारिस गरेर सार्वजनिक गर्नेै रणनीति बनाएको छ । अहिले न्रै नाम सार्बजनिक गर्दा बाहिरी दबाब धेरै पर्ने आँकलन गरेर यसो गरिएको स्रोतको दावी छ ।

नेप्सेको महाप्रबन्धकमा नियुक्तिका लागि भित्री खेल निर्णायक हुने संकेत देखिएको छ । उम्मेदवारहरुले शक्ति केन्द्रको परिचालन जोडतोडले गर्नुका साथै अन्य उपायहरु पनि खोजिरहेका बुझिएको छ ।

नेप्सेमा दुई महिनादेखि महाप्रबन्धक खाली भएर ठूला निर्णयहरु हुन नसकेकाले सेयर बजारका लागानीकर्ता र अन्य सरोकारवालाहरुले चाँडै नियुक्ति गर्न सरकारलाई दबाब दिईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here