नेशनल लाईफ ईन्स्योरेन्सले हकप्रदमा नबिकेको दुई लाख ७८ हजार कित्ता साधारण शेयर लिलाममा निकालेको छ ।

कम्पनीले न्युनतम १०० कित्ताका लागि आबेदन दिनुपर्ने भन्दै कार्तिक २६ गतेसम्म लिलाम खोलेको हो । यो शेयरमा आबेदन दिन एनआईबीएल एस क्यापिटलका कार्यालय र नेपाल ईन्भेष्टमेन्ट बैंकका शाखाहरु सुर्खेत, नेपालगंज, धनगढी र नारायणगढ तोकिएको छ ।

नेशनल लाईफले बिक्रीमा ल्याएको ६० प्रतिशत हकप्रदको ९९ लाख ३६ हजार कित्ता शेयर मध्ये संस्थापक सबै बिक्री भएको र सर्बसाधारणले दुई लाख ७८ हजार १ सय १९ कित्ता नकिनेको जनाईएको छ ।

नेशनल लाइृफको दोस्रो बजारमा साधारण शेयर मूल्य ६९५ रुपैयाँ हाराहारीमा रहेकाले त्यसको २० प्रतिशत भन्दा कम मूल्य कबुलेर शेयर सकारेमा जोखिमबाट बच्न सकिने र फाईदा हुने संभावना हुन्छ । नेशनल लाईफ राम्रो कम्पनी भए पनि उचालिएर महंगोमा शेयर किन्नु भने फाईदाजनक छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here