विगतमा एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर दाजुभाईले धरासायी बनाएको नेशनल हाइृड्रोपावरका सेयरधनीका बीचमा बोनस कहिले खान पाईएला भन्ने प्रश्नको उत्तर कहिल्यै नआउँला जस्तो देखिदै छ ।

४४ करोड जगेडा घाटा र १५ करोड रुपैयाँ बैंकको कर्जा तिर्न बाँकी नेशनल हाईड्रोले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा जम्मा दुई करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाउँदाको स्थितिले लगानीको प्रतिफलमा अनिश्चय देखाएको छ ।

एक अर्ब ३८ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा देखाईए पनि त्यो सेयरधनीलाई बितरणयोग्य बन्न अरु धेरै समय कुर्नुपर्छ । आयोजना निर्माण भएको १५ बर्षसम्म एक पैसा लाभांश नपाएका नेशनल हाईड्रोका लगानीकर्तालाई कम्पनीको ब्यवसाय बृद्धि नुहँदाको अबस्थाले निराश नै पारेको छ ।

सिन्धुपाल्चोकमा संचालित सात मेगावाटको आयोजनाले बिजुली बेचेर कमाउने पैसामा थरि थरिका संचालकहरुले गर्ने बदमासी र फजुल खर्चको भारले झन् कम्पनी कहिल्यै माथि उठ्न नसक्ने अबस्था छ ।

१४ मेगावाटको भोजपुरको तल्लो ईर्खुवा खोला आयोजना र सिन्धुपाल्चोकको लाईसेन्स खारेज भएको ४.५ मेगावाटको तल्लो इृन्द्रावति आयोजनालाई मात्रै देखाएर कम्पनीले प्रगति गर्छ भन्ने कुरामा विस्वास गर्न सकिदैन । घाटा र ऋणमा डुबेको कम्पनीले ती आयोजना बनाउँन कहाँबाट पैसा ल्याउने भन्ने पनि धेरै महत्वपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here