नेशनल हाइड्रोपावर कम्पनीको संचित घाटामा कमी आउँदै गरेको भए पनि अझै ३६ करोड रुपैयाँले जगेडा कोष ऋणात्मक नै रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ५ करोड ६१ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको देखाएको कम्पनीको यो घाटा पुरा हुन साढे चार मेगावाटको तल्लो इन्द्रावति आयोजनाको लाईसेन्स पुनः प्राप्त गर्नुपर्ने हुन्छ ।

एक अर्ब ३८ करोड ५९ लाख चुक्ता पूँजी रहेको यस हाइड्रोपावरकोे प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७८ पैसा मात्र छ । दोस्रो बजारमा शेयर कारोबार भईरहेको मूल्यको आधार मान्दा मूल्य आम्दानी अनुपात १४.२६ गुणा हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here