सेयर बजारको बदनाम कम्पनी नेशनल हाईड्रोपावर(NHPC)ले कम्तिमा ६ बर्ष यता लाभांश वितरण गर्न नसक्ने प्रष्ट चित्र उसको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय विवरण हेर्दा देखा परेको छ ।

कम्पनीको अबस्थामा सुधार भएर ६ बर्षपछि लाभांश पाउने अबस्था आयो भने बढीमा ६,७ प्रतिशत मात्रै हो ।

जगेडा कोष ४२ करोड घाटामा रहनुका साथै नबिल बैंकलाई तिर्नुपर्ने कर्जा रकम १७ करोड बाँकी रहेको अबस्थामा उसको बार्षिक आम्दानीको हिसाब गर्दा यो अवस्था देखिएको हो । नेपालमा निजी क्षेत्रको पहिलो जलविद्युत कम्पनी भए पनि संस्थागत सुशासन अति खराब भएका कारण हजारौ सर्बसाधारणको लगानी त्यसमा फसेको छ । नेशनल हाईड्रोमा लगानी गरेकाहरुले कहिले लाभांश पाईएला भन्ने चासो ब्यक्त गरिरहेको अबस्थामा कम्पनीको बित्तीय अवस्था कहालाीलाग्दो देखिएको छ । ्

नयाँ संचालक समितिमा एउटै परिवारको दुई जनाको प्रतिनिधत्व, बदनाम एनबी समूहको फेरि पकड र कम्पनीको खराब बित्तीय अबस्थाले लगानीकर्तालाई निराश बनाएको अबस्था छ । नेशनल हाईड्रोमा हाथवे समूहका नवराज नेपाल संचालक भएर गए पनि उनले कम्पनी भित्रको बदमासीलाई नियन्त्रण गर्नसक्ने अबस्था छैन । हाथवेका अम्बिकाप्रसाद पौडेल कम्पनीको अबस्था सुधार्न नसक्ने देखिएपछि पछि हटेका छन् ।

केही समय अघि नेशनल हाईड्रोमा बालुवा छान्ने मसिन जडान गरिएको बहानामा केही संचालकहरुले ब्यक्तिगत फाईदा गरी युरोप भ्रमण गरेका थिए । त्यसले पनि कम्पनीको अबस्थालाई अरु कमजोर बनाईदिएको छ ।

नेशनल हाईड्रो बिरुद्ध अदालतमा अझै कयौं मुद्धाहरु बिचाराधिन रहेका छन् । कर कार्यालयले बक्यौता कर नतिरेको भनी नेशनल हाईड्रोलाई पत्र काटेर मुद्धा हाल्ने तयारी गरिरहेको छ । कर कार्यालयलाई चार करोड कब्यौता कर भुक्तान गर्नुपर्नेमा एक करोड मात्र बुझाईएको छ । कम्पनी रजिष्ट्रारलगायतका नियमनकारी निकायहरुमा पनि पेश गर्नुपर्ने बिबरण र कर चुक्ता गरिएको छैन ।

नेशनल हाईड्रोको बार्षिक खुद नाफा अधिकतम १० करोडको हिसाबले गणना गर्ने हो भने ६ बर्षमा ६० करोड कमाउँछ । तिर्नु बाँकी कर्जा र जगेडा घाटाको हिसाब गर्दा ५९ करोड हुन आउँछ । बनाउँदा बनाउँदै छाडेको ४.५ मेगावाटको तल्लो ईन्द्रावति आयोजना नेशनल हाईड्रोको स्वामित्वमा आयो भने त्यसको सम्पतिलाई घटाएर जगेडा घाटा कम गर्न त सकिएला तर आयोजना बनाउन फेरि ६० करोड रुपैयाँ हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । आयोजना पुरा गर्न कम्तिमा दुई बर्ष लाग्ने छ ।

नेशनल हाईड्रोले गत आर्थिक बर्षमा पाँच करोड ५७ लाख खुद घाटा ब्यहोरेकोेमा चालु बर्षको पहिलो त्रैमासमा ९५ लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ । एक अर्ब ३८ करोड चुक्ता पूँजी रहेको उसको प्रतिसेयर आम्दानी दुई रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ मात्र छ । यस कारणको नेशनल हाईड्रो नेगेटिभ नेटवर्थमा रहेको कम्पनीको हो । प्रतिसेयर सम्पतिको मूल्य ८२ रुपैयाँ मात्र छ ।

उसको सेयरलाई दोस्रो बजारमा ८० रुपैयाँ भन्दा बढी हालेर किन्नु जोखिमपूर्ण छ । अझै कम्तिमा ६ बर्षसम्म कुनै लाभांश पाउन नसक्ने कम्पनीको सेयरललाई दोस्रो बजारमा उचालिएर किनी सर्बसाधारण लगानीकर्ताहरु फस्नुहुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here