नेशनल हाइड्रोपावर कम्पनीले लगानीकर्ताहरुलाई विना लाभांश साधारणसभा आब्हान गरेको छ ।

कम्पनीले बैशाख २७ गते आब्हान गरेकोको २२ औ साधारणसभामा शेयरधनीहरुलाई लाभांश वितरण गर्ने कुनै प्रस्तान नलैजाने भएको छ ।

साधारणसभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिबेदन सहित गत बर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाहसँग सम्बन्धी अनुसुचि उपर छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।

साधारणसभा प्रयोजनकोलागि कम्पनीले बैशाख १५ गते देखि २० गते सम्म बुक क्लोज गर्ने भएकाले बैशाख १२ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

हाल १ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड रुपैयाँले घाटामा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उसले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४ पैसा कायम गरेको छ । हाल हाइड्रोपावरको शेयरमुल्य आइपीओभन्दा पनी निकै कम छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here