काठमाडौँ । निर्वाचन आयोगले दुई चरणमा हुने निर्वाचनका लागि जिल्लाहरुको बिभाजन गरेको छ । आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको बिहीबार बसेको बैठकले दुई चरणमा हुने निर्वाचनका लागि जिल्लाहरुको टुंगो लगाएर थप तयारीमा जुट्ने निर्णय गरेको छ ।
सरकारले निर्वाचन आयोगसँगको परामर्शमा पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते गर्ने घोषणा सरकारले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here