पाँचथर पावर कम्पनीले बिक्रीमा ल्याएको ९ लाख ६२ हजार कित्ता साधारण शेयरमा आवेदन दिने समय थप भएको छ । तोकिएकोसमयमा सबै शेयरका लागि आवेदन नपरेपछि कम्पनीले १ साता समय थप गरि आइपीओ विक्री गर्नै लागेको हो ।

पाँचथर पावरले आयोजना प्रभावितका लागि माघ १४ गतेसम्म आवेदन दिन पाउने गरी ९ लाख ६२ हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो जसमा सबै शेयर बिक्री नभएपछि १ साता समय थप गरी माग २९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको आइपीओमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सबाट आवेदन दिन सकिनेछ ।

एक सय रुपैयाँ अंकित दरका कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्ता अधिकतम ९ हजार ६२० कित्ताको लागि आवेदन दिन पाउनेछन ।

यस आइपीओमा आयोजनाबाट प्रभावित क्षत्र फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिकाका बासिन्दाहरुले मात्र आवेदन दिन पाउनेछन् ।

पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको पाँचथर पावरको आइपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओमा केयर रेटिङले ग्रेड ४ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर देखाउँछ ।

कुल लागत २ अर्ब ६१ करोड रुपैयाँ रहेको पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here