पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको पाँचथर पावर कम्पनीले आयोजनाबाट प्रभावि क्षत्रको स्थानीयको लागि ९ करोड ६२ लाख रुपैयाँ बराबरको ९ लाख ६२ हजार कित्ता आईपीओ निष्काशन खुल्ला गरेको छ ।

कम्पनीको आइपीओमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सबाट माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै शेयरको लागि आवेदन नपरेमा लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिन पाउने ब्यवस्था रहेको छ ।

एक सय रुपैयाँ अंकित दरका कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्ता अधिकतम ९ हजार ६२० कित्ताको लागि आवेदन दिन पाउनेछन ।

यस आइपीओमा आयोजनाबाट प्रभावित क्षत्र फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिकाका बासिन्दाहरुले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

कम्पनीको आईपीओमा केयर रेटिङले ग्रेड ४ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर देखाउँछ ।

कुल लागत २ अर्ब ६१ करोड रुपैयाँ रहेको पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख  रुपैयाँ रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here