समिट लघुवित्त, नेपाल सेवा लघुवित्त, गुडविल फाइनान्स, ज्योति विकास बैंक र सिन्धु विकास बैंकको आज पौष १५ गते अन्तिम कारोबार हुदैछ ।

साधारण सभा प्रयोजनार्थ यि कम्पनीको बुक क्लोज भोली पौष १६ गते रहेको छ तसर्थ आजसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागि हुन पाउने छन् ।

समिट लघुवित्तको साधारणसभा पौष २९ गते अग्रसेन भवन, विर्तामोडमा दिनको ठिक १० बजे शुरु हुदैछ । संस्थाले २१.०९५२३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभामा लैजादै छ । उक्त शेयरमा लाग्ने कर प्रयोजनको रुपमा २३ लाख ३१ हजार रुपैयाँ नगद लाभांश बापत बाँड्नेछ ।

संस्थाको गत श्रावण ४ गते सम्पन्न विशेष साधारण सभाले पारित गरे बमोजिम संस्था गाभ्ने।गाभिने वा प्राप्ति गर्ने प्रकिृयामा जाने भएपश्चात १ः१.२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
बोनस वितरण पश्चात संस्थको चुक्ता पुँजी २५ करोड नाघ्ने छ ।

त्यस्तै नेपाल सेवा लधुवित्तको साधारण सभा पनि यहि पौष २९ गते रहेको छ । संस्थाले २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
बोनस वितरण पश्चात कायम हुने संस्थाको चुक्ता पुँजी ६ करोड एक लाखको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

यसैगरि गुडविल फाइनान्सको साधारण सभा २५ औँ साधारणसभा पनि यहि पौष २९ गते हुदैछ । साधारणसभाले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साधारण सभा गुडविल कम्प्लेक्स, हात्तीसारमा बिहान ११ बजे शुरु हुनेछ ।

त्यसैगरि ज्योति बिकास बैंकको १२ औँ बार्षिक साधारण सभा पनि यहि पौष २९ गते राष्ट्रिय सभागृहमा हुदैछ ।
बैंकले १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्नेछ ।
साथै अन्य वित्तिय संस्था सँग गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सँग सम्बन्धित सम्पुर्ण काम गर्ने अख्तियार सञ्चालक समिति लाई प्रदान गर्नेछन् ।

अर्को विकास बैंक सिन्धु विकास बैंकको साधारणसभा पनि यहि पौष २९ गते हुनेछ । साधारणसभाले ११.५१३९ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५७५६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयरको मूल्य समायोजन पश्चात धेरैजसो कम्पनीका शेयरमूल्यमा भारी गिरावट आएका कारण यस्ता कम्पनीको शेयर राखेर थोरै भएपनि लाभांश खाने हो वा अहिले शेयर बेचेर मूल्य समायोजन पछि अझै घटेको मूल्यमा शेयर किन्ने हो भन्ने दुविधा लगानीकर्तामा रहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here