शेयर बजारमा सुचीकृत पाँच तारे होटल तारागाउँ ( हायात) रिजेन्सी असार १६सम्म बन्द भएको छ ।

लकडाउन शुरु हुनु अघि तीन साताका लागि बन्द भएको होटल लकडाउन लम्बिएर ब्यवसाय गर्ने सहज वातावरण नबेनको भन्दै तीनसातासम्मका लागि बन्द भएको होटल प्रशासनले जनाएको छ ।

होटलका महाप्रबन्धक राजेश रामदासले सूचना प्रकाशित गरी असारसम्म होटल संचालनको सहज वातावरण नबन्ने भन्दै बन्द गरिएको जनाएका छन् । होटलले सबै कर्मचारीलाई जगेडा समूूहमा राखेर आधा पारिश्रमिक दिने भएको छ ।

परिस्थििति अनुकुल भएर अन्तर्राष्ट्रिय बायु सेवाहरु संचालन भई पर्यटक आउन थालेमा होटल चाँडै खुल्नसक्ने संभावना पनि रहेको बताईन्छ ।

अरु पाँच तारे होटलहरु पनि बन्द रहे पनि कर्मचारीहरुलाई जगेडा समूहमा राखेका छैनन् । तारागाउँ रिजेन्समा सरकारको समेत हिस्सेदारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here