पिुपुल्स पावर लिमिटेडले सर्बसाधारणमा २४ लाख कित्ता प्राथमिक सेयर अर्थात आईपीओको बिक्री साउन ३१ गतेदेखि शुरु गरेको छ । उसको सेयरमा भदौ ५ गतेसम्म आबेदन पुरा भएमा बिक्री बन्द हुनेछ ।

हाईड्रो कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेकोमा २ प्रतिशतले हुने ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशतदे हुने अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि २२ लाख ९४ हजार ६८२ कित्ता सर्बसाधारणका लागि आवेदन खुलाईएको बिक्री प्बन्धक प्रभु क्यापिटलले जनाएको छ ।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।जसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने उल्लेख छ ।

देश विदेशमा रहेका नेपालीले मेरो सेयर वा आशवा सेवा प्राप्त बैंक शाखाहरुबाट आबेदन गर्नसक्ने छन् ।

कम्पनीले हाल निर्माण गरिरहेको ईलामको पुवा २ आयोजना ४.९६ मेगावाटको प्रति मेगावाट लागत १९ करोड १६ लाख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here