भुकम्प र नाकाबन्दीको बेला जस्तै सहुलियत ब्याज दरमा पाईने पुनरकर्जाको दुरुपायोग हुने संभावना देखिएपछि राष्ट्र बैंक सतर्क बनेको छ ।

सरकारले कोरोना प्रभावित उद्यम, ब्यवसायका लागि सस्तो ब्याज दरमा पुनरकर्जा प्रबाह गर्न कोषको आकार शत प्रतिशत बढाएर ५० अर्बबाट एक खर्ब बनाएको छ ।

भुकम्प र नाकाबन्दीको बेला पुनरकर्जा कोषको रकम ठूला घराना र ब्यवसायीहरुले दुरुपयोग गरेको तर साना ब्यवसायीले नपाएर गुनासो आएको थियो । यसपल्ट पुनरकर्जाको सही सदुपयोग होस् भनी राष्ट्र बैंकले कोरोना अति प्रभावित साना ब्यवसायमा कोषबाट कर्जा प्रबाह होस् भनी नीतिगत ब्यवस्था गरेको पाईएको छ ।

राष्ट्र बैंकले पछिल्लोपल्ट गरेको ब्यवस्था अनुसार परियोजनाको रुपमा साना तथा मझौला उद्यमहरुको १५ लाखसम्मको असल धितोमा दई प्रतिशत ब्याज दरमा पुनरकर्जा उपलब्ध गराउनु पर्ने भएको छ । यसबाट साना ब्यवसायीहरु लाभान्वित हुनेछन् । पुनरकर्जा उपभोग अवधिभर त्यस्ता ऋणीलाई ब्याज दर पाँच प्रतिशत भन्दा बढी लगाउँन नपाईने भएको छ ।

कोरोनाबाट धेरै प्रभावित कृषि र पर्यटनमा आधारित साना ब्यवसायहरुलाई बढी संंरुक्षण गर्ने नीति राष्ट्र बैंकले लिएर नीतिगत ब्यवस्था सोही अनुुसार गर्दा कर्जा दुरुपयोग हुन नपाउने र धेरै ब्यवसायीहरुमा लाभ पुग्ने अपेक्षा गरिएको देखिन्छ ।

राष्ट्र बैंकका एक अधिकारीले शेयरलगानीसँग भने -अर्बौ अर्ब लगानी रहेका उद्योग, ब्यवसाय बरु टिक्न सक्लान्, दुई चार करोड लगानी गरेर ब्यवसाय गरिरहेकाहरु टिक्न सकेनन् भने आर्थिक क्षतिको दायरा फराकिलो हुन्छ, त्यस्ता ब्यवसायीहरु फेरि उठ्न सक्दैनन् र त्यसले झन् धेरै बेरोजगारी सिर्जना गर्छ । त्यसैले साना ब्यवसायीको संरक्षणमा बढी ध्यान दिनु परेको हो ।

विकशित देश अमेरिकाले समेत साना ब्यवसायी र बेरोजगार बनेकाहरुलाई रााहत दिन खर्बौ डलरको राहत प्याकेज पस्केको छ । हाम्रो जस्ता सानो देशमा साना उद्योग ब्यवसायलाई बढी संरक्षण गर्नु झन् धेरै आबश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here