सरकारले पुनरकर्जा कोषको आकार साडी अर्बबाट एक खर्ब बनाएको छ । कोरोना संक्रमण शुरु भएपछि ५० अर्बबाट १० अर्ब थपेर ६० अर्ब बनाएको कोषलाई बैसाख १५ गते बसेको मन्त्रिपरिषद बैठकले एक खर्बको बनाउने निणृय गरेको हो ।

यस कोषबाट कोरोना प्रभावित ऋणीहरुले अधिकतम २ प्रतिशत ब्याज दरमा थप कर्जा पाउने भएका छन् ।

पुनरकर्जा कोषबाट सहुलियत ब्याज दरमा कोरोना प्रभावित उद्योग ब्यवसायलाई कर्जा प्रबाह गर्ने ब्यवस्था मिलाउन राष्ट्र बैंकलाई भनेको छ ।

नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशनमा संशोधन गरी परियोजना कर्जाका रुपमा साना तथा मझौला उद्योग ब्यवसायलाई प्रबाहित १५ लाखसम्मको असल धितोमा दुई प्रतिशत ब्याज दरमा पुनरकर्जा पाउने ब्यवस्था गरिसकेको छ । त्यस्ता कर्जाको ब्याज दर पाँच प्रतिशत भन्दा बढी नहुने भएबाट साना ब्यवसायीहरु लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here