नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण र लकडाउनका कारणले पूँजी बजारमा उत्त्पन्न समस्या समाधानका लागि गंभीरतापुर्वक गृहकार्य भईरहेको र बजारलाई विस्वासमा लिन ठोस कदम चाल्ने जनाएको छ ।
शेयर लगानीकर्ता दबाब समूहसहितका लगानीकर्ताहरुसँग असार ७ गते आफ्नै कार्यालयमा छलफल गर्दै गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताको आत्मबल बढाउने र बजारलाई विस्वासमा लिने गरी राट्र बैंकले तत्कालै केही काम गर्ने र धेरै कुरा मौद्रिक नीतिमा समाबेश गरी ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पूँजी बजारमा बैंक तथा बित्तीय संस्थाको ७० प्रतिशत भन्दा बढी हिस्सेदारी रहेको र कोराना संक्रमण र लकडाउनले ती कम्पनीहरुमा पार्ने प्रभावबाट शेयर बजारमा नकारात्मक असर पर्न नदिन राष्ट्र बैंक सचेत रहेको उहाँले बताउनु भयो ।
मार्जिन कर्जाको सिमा बढाउने, कर्जाको ब्याज पूँजीकरण गर्ने वा तिर्ने समय सार्ने, शेयर कारोबारको विद्युतीय माध्यमबाट रकम हस्तान्तरणकोे सिमा बढाउने र मार्जिन कारोबारलाई सहजीकरण गर्ने बारेमा राष्ट्र बैंकले सकारात्मक निर्णय गर्ने आश्वाशन राष्ट्र बैंकले दिएको छ । गभर्नरले भन्नुभयो- “मार्जिन कर्जाको सिमा बढ्छ तर कति बढ्छ, अहिले नै अंक नतोकौं”
गभर्नर अधिकारीले धितोपत्र बोर्डले सिफारिस गरेका चार वटा कामहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा गहन गृहकार्य भईरहेकाले त्यसबारे सकारात्मक प्रतिक्रियासहितको राष्ट्र बैंकको धारणा आउने जानकारी दिनुभयो ।
लगानीकर्ताले नउठाएका पूँजी बजारलाई राहत पुग्ने र बिकास तथा बिस्तारका लागि सहयोग हुने खालका अरु कतिपय कुराहरुमा पनि राष्ट्र बैंकले अध्ययन गरिरहेको गभर्नरले जानकारी दिनुभयो ।
गभर्नर अधिकारीले भन्नुभयो, “म पनि पहिलेदेखि नै आईपीओमा आबेदन गर्ने लगानकिर्ता हुँ, पूँजी बजारको संबेदनशलिता मलाई राम्ररी थाहा छ, तपाइँहरुले ईगोको रुपमा हैन, सहयोगीको रुपमा लिईदिनुहोला । “
लगानीकर्ताको तर्फबाट भने राष्ट्र बैंकले मौद्रिक नीतिमा समाबेश गर्नुपर्ने कुराहरु विस्तृतमा प्रस्तुत गरी तत्काल शेयर बजार खोल्नका लागि धितोपत्र बोर्डबाट अघि सारिएका कुराहरुलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिईएको थियो ।
डेढ घण्टासम्म भएको छलफलमा डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठका साथै कार्यकारी निर्देशकहरु गुणाखर भट्ट, देब ढकाल लगायतका बरिष्ठ अधिकारीहरु हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here