नेपालको पूँजी बजारमा सुचिकृत पब्लिक कम्पनीहरुको सर्बसाधारण सेयरधनीहरुको हकहित सुरक्षाको पहल गर्न नेपाल सेयरधनी संघ खुलेको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयमा मंसिर १९ गते नानीबाबु खरेलको अध्यक्षतामा संघ दर्ता भएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालयमा १३१ नम्बरमा दर्ता भएको सो संघको कार्यालय, काठमाडौ महानगरपालिका २९ अनामनगरमा रहेको उल्लेख छ ।

संघका महासचिव सुरज खड्काले आम सर्बसाधारण सेयरधनीहरुको हकहित संरक्षण र पूँजी बजार सुधार तथा बिस्तारका लागि सहयोगी भुमिका खेल्न संघ दर्ता भएको बताए । उनले जुनसुकै सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गर्ने र हितग्राही खाता भएको नागरिक संघको सदस्य बन्नसक्ने र संघले सबै लगानीकर्ताको छाता संगठनको रुपमा काम गर्ने बताएका छन् ।

संघले चाँडै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट स्वीकृति लिएर शाखा बिस्तार गर्नुका साथै विदेशमा रहेका लगानीकर्तालाईलाई समेत आफ्नो सम्पर्कमा ल्याउने खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here