अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा सुधार र बिस्तारका कामहरु धेरै गर्नुपर्ने देखिएकोले सम्बद्ध नियमनकारी निकायहरुलााई तोकिएको काम तत्काल गर्न निर्देशन दिनु भएको छ ।

अर्थ मन्त्रालयमा असार २ गते नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंक लगायतका सम्बद्ध नियमनकारी निकायका प्रमुखहरुसँगको बैठकमा अर्थमन्त्रीले पूँजी बजार सम्बद्ध सुधार र विस्तारका कामहरु तत्काल गर्न निर्देशन दिनु भएको हो ।

बैठकमा सहभागी धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भन्नुभयो-अर्थमन्त्रीज्यूबाट पूँजी बजारमा धेरै सुधार र विस्तारका कामहरु गर्नुछ, तपाइँहरुलाई तोकिएको कामहरु छिटो गर्नुहोस् । कतैबाट कुनै गुनासो आउने अबस्था सिर्जना नहोस् ।

ढुंगानाका अनुसार छलफलमा पूँजीगत लाभमा लाग्दै आएको पाँच प्रतिशत करलाई अन्तिम घोषणा गर्ने, मार्जिन कर्जाको सिमा बढाउने, नागरिक स्टक डिलरलाई बजार प्रबेश गराउने लगायतका बिषयमा छलफल भएको थियो ।

शेयर लगानीकर्ता दबाब समूहले २५ बुँदे माग पत्र धितोपत्र बोर्डमा पेश गरेर तत्काल सुधार र बिस्तारका कामहरु नभए अनशन बस्ने चेतावनी दिएपछि अर्थमन्त्रीले पूँजी बजार सुधार र बिस्तारका कामबारे चासो दिनु भएको बुझिएको छ ।

अर्थ मन्त्रालयको अध्ययन समितिले सिफारिस गरेका ५८ बुँदे सुझाव मध्ये २०७५ असार मसान्तसम्म गरिसक्नु पर्ने भनिएका पूँजी बजार सम्बद्ध मुख्यय २० वटा काम अझै अलपत्र छन् । सोही कारणले समेत अर्थमन्त्री खतिवडाका बारेमा चर्को आलोचना हुने गरेको छ ।

दबाब समूहले कोरोना र लकडाउनबाट प्रभावित शेयर लगानीकर्तालाई राहत प्याकेजका साथै सुधार र बिस्तारका काम गरी शीघ्र शेयर बजार खोद्यन दबाब दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here