तिलक कोइराला ।

पूँजी बजारमा हालै भएको बढोत्तरीका कारणहरु खोजी गर्नेहरु मात्रै हैन, अब बजार के होला भन्ने आँकलन गर्नेहरुको संख्या उत्तिकै छ । आफ्नो कम्पनीको अबस्था हेर्न छाडेर नेप्से सूचकको पछाडि दौडिनेहरु मात्रै हैन, बर्षौदेखि बजारमा अर्बौ लगानी गर्दै आएका “बीग बोस” हरुबीचमा समेत बजार बढाई र अबको गन्तब्यका बारेमा उत्तिकै चासो र चर्चा भएको पाईन्छ ।

२५० रुपैयाँको शेयरको मूल्य तीन गुणाले उकालो  र नेप्से सूचक ११०० को बिन्दुबाट १६५० को हाराहारीमा पुग्दा पूँजीगत लाभ कसलाई कति भयो ? अलग हिसाबको पाटो हो तर बजार बढाईले गुणात्मक परिवर्तन ल्याएकै मान्नुपर्छ ।

बजार बढाईका आधारहरुका बारेमा विश्लेषण गर्दा एउटा पक्ष मात्रै हावी नभई यसमा विभिन्न कुराहरुले प्रभाव पारेको मान्नुपर्छ ।

बजार घटाईको चक्र पुरा
२०७२ सालको बढोत्तरीपछि लगातार सुस्ताएको बजार चरम निराशाको चक्र पार गर्दै थियो । चार बर्ष भन्दा बढी समयको ओरालो यात्रा पुरा गरेपछि बजार उकालो लाग्ने गतिलो बहानाको आधार खोजिरहेको थियो । बजार तल गएपछि माथि आउनु स्वभाविक छ । भकुण्डो जति जोडले तल बजारिन्छ, त्यति नै माथि तिर उफ्रिनु स्वभाविक छ । ओरालो लागेर पींधसम्म पुगेपछि बजार माथि लाग्न थाल्यो । घेरै घटेका राम्रा कम्पनीका शेयर मूल्यहरुमा बिक्री चाप कम हुँदै थियो ।

अधिक आपुर्ति समाप्त भयो

चार बर्ष अघि नेपाल राष्ट्र बैंक र बीमा समितिले ल्याएका पूँजी बृद्धिको योजनाले बजारलाई नराम्रोसँग आघात पार्यो । त्यतिखेर दुई अर्ब पनि पूँजी नपुर्याएका बाणिज्य बैंकको पूँजी आठ अर्ब पुग्दा र ५०- ६० करोड चुक्ता पूँजी पनि कायम नगरेका निर्जीवन र जीवन बीमा कम्पनीहरुको पूँजी एक अर्ब र दुई अर्ब माथि पुग्दाको आपुर्ति बजारलाई थेग्न मुस्किल परेकै हो ।

२०७२ सालको भुकम्पको कारणले लगानीका अन्य क्षेत्रहरु खुम्चिएपछि ठूलो रकम बजारमा आयो र सिमित संख्यामा शेयर आपुर्ति भएको बेला शेयर अभौतिकिकरणले आपुर्ति झन् खुम्च्याईदियो । त्यही मौकामा पूँजी बृद्धिको हल्ला र हकप्रदको प्रचारबाजीले शेयरको मूल्य आकासियो तर बाठा लगानीकर्ता र हकप्रदको पैसा जुटाउँन खोज्नेहरुले आफुसँग भएका साधारण शेयरको आपुर्ति बढाउँदै गए । बजार थामिनै नसकिने गरी घट्यो । हकप्रदका लागि पैसा जुटाउनुपर्ने बाध्यता, हकप्रदमा नबिकेका शेयर लिलामीको आईरो, अर्बौ अर्बका आईपीओ, एफपीओको कारणले दोस्रो बजार झन् चेपुवामा पर्यो ।

अहिले त्यो चरणबाट बजार लगभग पार भईसकेको छ ।

बीचको समयमा महंगो ब्याज दरको डिबेन्चरले पनि पूँजी बजारलाई मार पारेको हो ।

अर्थमन्त्री खतिवडाको त्रास हट्यो

आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओबादीको बाम गठबन्धनले बहुमत हाँसिल गर्ने संभावना बढेपछि बाम सरकार मन नपराउनेहरुले शेयर बिक्री गर्न थालिसकेका थिए । बाम सरकार आयो भने “शेयर बजार घट्छ, पैसा बाहिरिन्छ र कहालीलाग्दो अबस्था आउँछ” भन्ने प्रचारबाजी चुनाव अगाडि नै ब्याप्त थियो ।

चुनावमा विपक्षीहरुले आँकलन गरे जस्तै परिणाम आयो र बाम गठबन्धनको केपी ओली प्रधानमन्त्री भए । उनले निकै विस्वास गरेर विज्ञ भनिएका डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा ल्याए । शुरुमा शेयर बजार र अर्थतन्त्रले खतिवडालाई शंकाको लाभ दिएकै हो तर जब उनले बीबीसीमा घरजग्गासँगै जोडेर शेयर बजारलाई पनि अनुत्पादक क्षेत्र भने, त्यसबाट उनको नकारात्मक भुमिकाको चर्चा तीब्र भयो । उनले धितोपत्र बोर्डकै कार्यक्रमममा “पूँजी बजारमा लगानी गर्दा डुबिने बरु बैंकको निक्षेपमा पैसा राख्दा मज्जाले फाईदा हुने” भन्दै आफ्नै साथीको उदाहरण दिएर पूँजी बजार बिरोधी भाषण गरे । हुँदा हुँदा उनले पूँजी बजारलाई कस्न पूँजीगत लाभकर ५० प्रतिशतले बढाएनन् मात्रै, हकप्रद बोनसको अमिल्दो गणनाविधि आन्तरिक राजश्वमार्फत लागू गर्न लगाएर सारा लगानीकर्ताहरुको आक्रोशको सामना गरे । लगानीकर्ताहरुले पूँजीबजार ठप्प नपारेको भए, उनी त्यो पूँजीबजारमारा नीतिबाट पछि हट्ने थिएनन् तर पहिलोपल्ट उनले लगानीकर्ता विरुद्ध जाँदा कस्तो हुँदो रहेछ भन्ने पाठ सिके ।

अर्थमन्त्री खतिवडाको पूँजीबजारलाई “साईज” मा ल्याउने नीतिको चर्को विरोध हुँदै गर्दा आमरण अनशनसम्मका कृयाकलापहरु भएपछि उनले डेपुटी गभर्नरको संयोजकत्वमा अध्ययन समिति गठन गरे । त्यसले दिएको सुझावलाई राष्ट्र बैंकले तत्काल कार्यान्वयन गरेर शेयर धितो कर्जाको सिमा ५० प्रतिशतबाट ६५ प्रतिशत बनाउने काम गर्दा त्यतिखेर बजारका लागि त्यो कदम “राम बाण” सावित भयो ।

पूँजी बजार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने खतिवडा त्यतिबेलादेखि नै रक्षात्मक बनेका हुन् । अहिले आएर उनले नकारात्मक कुरा गर्ने मात्रै हैन, भित्रभित्रै गोप्य रणनीति बनाउने समेत हिम्मत गर्न सक्दैनन्, घमण्ड समाप्त भईसकेको छ । भलै ५८ बुँदेका २० वटा भन्दा बढी कुराहरु जो, पूँजी बजारसँग प्रत्यक्ष रुपमा सम्बद्ध छन्, कार्यान्वयन हुँनै सकेको छैन ।

खतिवडा आतंक समाप्त भईसकेकोले पनि लगानीकर्ताको मनोबल उकासिन सहयोग पुगेको हो । यद्यपी उनी राष्ट्रिय सभामा फेरि मनोनीत भएर अर्थमन्त्री नै रहन्छन् कि हट्छन् भन्ने अन्योल कायमै छ । तर उनी रहेपनि र हटे पनि पूँजी बजारलाई अब केही फरक पर्दैन भन्ने विस्वास लगानीकर्तामा जागिसकेको छ ।

ब्यापार र घरजग्गातिर जाने पैसा पूँजी बजारतिर मोडियो

सरकारले आयातलाई नियन्त्रण गर्ने र घरजग्गामा कर्जा प्रक्रियालाई कसिलो बनाउने रणनीति अख्तियार गरेपछि त्यता जाने पैसा पूँजी बजारतिर आएको छ । गत दशैं भन्दा अगाडिदेखि नै चीन, भारत लगायतका देशबाट ठूलो परिमाणमा सामान आयात गरेर ब्यापार गर्दै आएकाहरु लगानीको बैकल्पिक क्षेत्रको खोजीमा थिए । आयात गरि ल्याईएको बस्तुको भंसार मूल्यांकनमा कडाई गरिएपछि ब्यापारीहरु त्यताबाट मोडिएर पूँजी बजारमा लगानी बढाउँन थालेका थिए । घरजग्गा कर्जा लिनेको आय र कर चुक्ता प्रमाणितले पनि त्यता भन्दा पूँजी बजारतिरै कर्जा प्रबाह सहज बनाईदियो ।

निक्षेप र कर्जाको घट्दो ब्याज दरको प्रभाव

अहिले बाणिज्य बैंकहरुले साधारण निक्षेपको ब्याज दर साढे चार प्रतिशत र मुद्धतीको ९ प्रतिशत तल झरिसकेको अबस्था छ । केही अघि बाणिज्य बैंकहरुले नै १४ प्रतिशतसम्म ब्याजमा बहुबर्षीय निक्षेपहरु सकार गरेका थिए र कर्जाको ब्याज दर १९ प्रतिशतसम्म पुगेको थियो ।

अहिले बैंकहरुको जथाभावी लगानी नियन्त्रित भएपछि निक्षेप र कर्जाको ब्याज क्रमश: घट्न थालेको छ । यस आर्थिक बर्षभित्र स्प्रेड दर ४.४ प्रतिशतमा सिमित गर्नुपर्ने दबाबका कारण पनि ब्याज दर घटाउनु परेको हो । निक्षेप बढ्न थालेपछि बैंकहरुले ब्याज दर घटाउने क्रम अरु तीब्र पार्छन भन्ने देखिएको छ । यसको सीधा असर पूँजी बजारमा नै पर्छ । बैंकमा पैसा राख्नु भन्दा शेयर बजारमा लगानी गर्दा फाईदा देख्नेहरुले लगानी बढाउँन सक्छन् भने बैंकले  लगानीकर्तालाई आमन्त्रण गरेर विभिन्न छुट र सुविधासहित सस्तो दरमा शेयर धितो कर्जा प्रबाह गर्न थालिसकेका छन् । अहिले कतिपय बाणिज्य बैंकले १० प्रतिशत हाराहारीमा शेयर धितो कर्जा प्रबाह गर्नसक्छन् । ब्याज दर सस्तिदै जाँदा शेयर बजारका लगानीकर्ता प्रत्यक्षरुपमा लाभान्वित हुदैछन् ।

ब्रोकरले बैंकबाट पाएको सेटलमेन्ट कर्जा सुविधा र नेट सेटलमेन्ट

शेयर बजारको चहलपहल बढ्नुमा ब्रोकरले क्लिययरिड. बैंकहरुबाट पाएको १० करोडसम्मको सेटलमेन्ट प्रयोजनको कर्जा सुविधा पनि एक हो, जसलाई सीडीएससीको नेट सेटलमेन्टले अझै सहज बनाईदिएको छ । एउटा शेयर दलालले बैंकबाट पाएको १० करोड रुपैयाँ प्रबाह गर्दा ५० वटाको ५०० करोड सहजै रुपमा शेयर बजारमा