नयाँ बजेटमा पूँजी बजारलाई राहत दिन कुनै ठोस कार्यक्रम नआएपछि निराश बनेका लगानीकर्ताहरुलाई उत्साहित पार्न हाल ब्यक्तिगत लगानीकर्तालाई लाग्दै आएको पाँच प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम कर भनी स्पष्ट पार्ने तयारी शुरु भएको छ ।

अर्थ मन्त्रालयले शेयर बिक्री वापत नाफामा लाग्ने पाँच प्रतिशत पूँजीगत लाभ करलाई अन्तिम भनी ब्याख्या गर्न मन्जुर गरेको सुत्रहरुको भनाई छ । यसका लागि धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई पत्र लेख्ने र परिपत्रद्धारा लाभकर अन्तिम कर भनी स्पष्ट पारिने जनाईएको छ ।

शेयर लगानीकर्तालाई निराश र पूँजी बजारसम्बन्धी सरकारको झारा टार्ने यस्ता कार्यक्रम

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा बर्षौदेखि चनिदै आएको कुराहरु दोहोरिएको र कोरोना संक्रमण र लगातारको लकडाउनबाट प्रभावित लगानीकर्ताहरुलाई उत्साहित बनाउने नयाँ कुरा केही नआएको भन्दै पूँजी बजार क्षेत्रमा निराशा ब्यक्त भईरहेको छ ।

पाँच प्रतिशत लाभकरको दर अन्तिम भएमा भारतमा भन्दा नेपालमा पूँजीगत लाभकर सस्तो प्रमाणित हुने र यसले लगानीकर्तालाई उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

पूँजी बजारमा लगानी गरी नाफामा शेयर बिक्री गर्ने ब्यक्तिगत लगानीकर्तालाई पाँच प्रतिशत र संस्थागत लगानीकर्तालाई १० प्रतिशत लाभकर लाग्ने ब्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here