नेपालको पूँजी बजारले फेरि अर्को रकेर्ड कायम गरेको छ । कारोबार रकम अहिलेसम्मकै धेरै अर्थात चार अर्ब ८४ करोड नाघेर नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि गत बिहीबार कारोबार रकम चार अर्ब ४६ करोड भएको थियो ।

शेयर बजारमा नाफा सुरक्षित गर्ने क्रम जारी रहेको हुँदा धेरै कम्पनीको शेयरको मूल्य भने घटेको छ ।

अघिल्ला दिनहरुमा शेयर मूल्य धेरै बढेका बाणिज्य बैंक, बीमा, लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा नाफा सुरक्षित गर्नेहरु सक्रिय रहेका कारण शेयर मूल्य घटेको हो ।

कारोबार रकममा एनएमबी बैंक, ग्लोबल आईएमई लगायतका बैंकहरुले नेतृत्व गर्नुले बैंकको ठूलो कारोबार भएको देखाउँछ ।

शेयर मूल्य बढाईमा भने मन्जुश्री फाईनान्स, मितेरी डेभ्लपमेन्ट बैंक र एक्सेल डेभ्लपमेन्ट बैंकका शेयर मूल्यहरु धेरै बढेका छन् । संभावित मर्जर प्रक्रियाका बारेमा हल्ला चलेपछि यी तीन कम्पनीको शेयर मूल्य बढाएर लगानीकर्ताले खरिद गरेका छन् ।

यस दिन सूचक ४०.८२ अंकले तल आई १५९१.३६ अंकमा सिमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here