पोखरा फाइनान्सको २३ औं बार्षिक साधारणसभा पुस १८ गते सम्पन्न भएको छ । साधारणसभाले ७ प्रतिशत बोनस शेयर र ७.२० प्रतिशत नगद लाभांश गरि कुल १४.२० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

उक्त ७ प्रतिशत बोनस शेयरको हकमा भने गत पुस ४ गते बुक क्लोज गरेसँगै प्रतिकित्ता १३७ रुपैयाँका दरले मुल्य समायोजन भईसकेको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले नगद लाभांश पनि पारित गरेको हो ।

सोही साधारणसभाबाट सर्वसाधारण शेयरधीहरुबाट प्रेम बहादुर थापा, डा. दिपेन्द्र कुमार गौतम र श्री कृष्ण बहादुर गुरुङलाई आगामि चार बर्षका लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै उपयुक्त सँग गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सँग सम्बन्धित सम्पुर्ण कार्य गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई प्रदान गरेको छ ।

फाइनान्सले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा बिशेष ध्यान दिदैँ ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउदैँ लैजाने योजना रहेको पनि जनाएको छ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ९१ करोड ७२ लाख पुग्ने छ । फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले असोज मसान्तसम्म ६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here