पोखरा फाईनान्स र स्वरोजगार लघुवित्तले वितरण गरेका १३ लाख २१ हजार ८९ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।
सुचिकृत हुनेमा पोखरा फाइनान्सको ६ लाख ९० कित्ता र स्वरोजगार लघुवित्तको ७ लाख २० हजार ९ सय ९९ कित्ता बोनस शेयर रहेको छ ।
पोखरा फाइनान्सले गत पुस ३ गतेसम्म कायम शेयरधनीहरुका लागि चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस १८ गते सम्पन्न बार्षिक साधारणसभाले पारित गरेको थियो ।
बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी स्वरोजगार लघुवित्तले पनि मंसिर २१ सम्म कायम आफ्ना शेयरधनीहरुलाई २६.७५२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव मंसिर २८ गते सम्पन्न बार्षिक साधारणसभाले पारित गरको थियो । सोही बोनस शेयर हाल नेप्सेमा सुचिकृत भएको छ ।
बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ३४ करोड १६ लाख १२ हजार कायम हुनेछ । स्वरोजगार लघुवित्त जनकपुर लघुवित्तलाई प्राप्तिको प्रकृयमा रहेको छ ।