दोस्रो बजारमा शेयर किन्नेलाई मात्र अनिबार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर अर्थात प्यान लगाउने भन्ने निर्णयप्रति नेपाल धितोपत्र बोर्डले प्रयोजन नखुलाई त्यसबाट नआंत्तिन आग्रह गरेको छ ।

पाँच वटा लगानीकर्ता संघहरुले आईतबार प्यानको अनिबार्य ब्यवस्थाबारे १६ वटा प्रश्न सोधेपछि त्यसको जवाफ नदिई बोर्डले बिज्ञप्ति निकालेर लगानीकर्ताहरुबाट प्राप्त प्रश्नलाई आन्तरिक राजश्व विभागमा पठाउने जनाएको छ ।

उसले अर्थ मन्त्रालयको पत्रको आधारमा दोस्रो बजारमा शेयर किन्नेलाई अनिबार्य प्यानको ब्यवस्था बैसाख १ गतेदेखि लागु गर्ने निर्णय गरिएको जनाउँदै त्यसलाई लागु गर्ने आन्तरिक राजश्व विभागले नै प्रश्नको जवाफ दिनुपर्ने आशय ब्यक्त गरेको छ ।

सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई छलफल गराई पुर्वाधार र तयारीको आधारमा प्यानलाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने धारणा बोर्डले सार्वजनिक गरेको छ ।

बोर्डले प्यानको बिषयलाई लिएर भईरहेको नकारात्मक टिप्पणीप्रति गंभीर रुपमा ध्यानाकर्षण भएको र यस्ता नकारात्मक हल्लाको पछाडि नलागी सुझबुझपूर्ण ढंगले निर्णय लिन लगानीकर्ताहरुलाई आब्हान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here