शेयर बजारमा जलविद्युत कम्पनीहरु थपिने क्रम तीब्र बन्दै गर्दा भैरवकुण्ड हाइड्रोपावरले ३१ लाख कित्ता प्राथमिक शेयर बिक्री गर्न धितोपत्र बोर्ड पुगेको छ ।

सिन्धुपाल्चोकमा तीन मेगावाटको आयोजना निर्माण गरी संचालनमा ल्याएको कम्पनीले ३१ लाख ८३ हजार २८० कित्ता आईपीओ बिक्री गर्ने भएको हो । ग्लोबल आइएमर्इ क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेर कम्पनीले आइृपीओ बिक्री प्रक्रिया अगाडि बढाएको छ ।

भुकम्प र बाढीबाट बिद्युत आयोजनामा क्षति पुगेपछि भैरवकुण्डले पुनर्निर्माण गरी विद्युत उत्पादन चालु गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ६५ करोड रहेकोमा ४९ प्रतिशत शेयर सर्बसाधारणमा जारी गर्ने उद्धेश्यका साथ सर्वसाधारणको लागि २५ लाख ३३ कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने किटानी गरेको छ ।

सिन्धुपाल्चोकको तातोपानी गाउँपालिकामा संचालित तीन मेगावाटको आयोजनाको प्रति मेगावाट लागत चर्को परेको देखिदा आयोजनाबाट लाभांश पाउन लगानीकर्ताले लामो समय कुर्नुपर्ने अबस्था छ । तीन मेगावाटको आयोजना निर्माणमा ७५ करोड रुपैयाँ भन्दा बढी खर्च भईसकेकाले प्रति मेगावाट लागत २५ करोड पर्न गएको छ । कम्पनीका अध्यक्षमा सुरेन्द्र भण्डारी छन् ।

धितोपत्र बोर्डमा १५ वटा हाईडोपावर कम्पनीले आईपीओ बिक्रीको अनुमति पाउन निवेदन दिएर प्रक्रिया अगाडि बढाईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here