शेयर बजारमा प्रति कित्ता शेयर मूल्य ११६ रुपैयाँ रहेको सेन्ट्रल फाईनान्सले गत आर्थिक बर्षमा प्रति शेयर झण्डै १० रुपैयाँ कमाई गरेको बित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले निक्षेप र कर्जालाई बृद्धि गरी निस्क्रिय कर्जा अनुपातलाई ठूलो अन्तरले घटाई ०.९४ प्रतिशतमा झारेर आफु प्रगति तर्फ अघि बढेको देखाएको हो । चुक्ता पूँजी ५८ करोडबाट ८० करोड र जगेडा कोषमा ८ करोड ९७ लाखबाट १७ करोड पुर्याएको सेन्ट्रलले खुद नाफामा भने सामान्य बृद्धि गरेर सात करोड ९३ लाख पुर्याएको छ ।

उसले गत बर्ष ९ रुपैयाँ ९० पैसा प्रति शेयर आम्दानी गरेकोमा अघिल्लो बर्षको १७ रुपैयाँ ४७ पैसाको आधारमा हेर्दा धेरै कम हो । चुक्ता पूँजी बढेको तर खुद नाफा बढ्न नसकेको कारण प्रति शेयर आम्दानी खस्किएको छ । तर प्रति शेयर नेटवर्थ नै १२१ रुपैयाँ रहेको उसको शेयर सस्तो हो भन्ने कुरा मूल्य आम्दानी अनुपात ११.७२ गुणा हुनुले स्पष्ट गर्छ ।

पूँजी कोष २६ प्रतिशत र सीसीडी रेसियो ६४ प्रतिशत मात्र हुनुले संस्थागत सशासन राम्रो रहेको अबस्थामा कम्पनीले आगामी दिनमा अरु प्रगति गर्नसक्ने बाटो भने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here