प्रधानमन्त्री केपी ओलीले शेयर बजारमा लगानी गर्ने गरी ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोलेका छन् ।

प्रधानमन्त्री ओलीले हालै जनताको जलबिद्युत कार्यक्रममा लगानी गर्ने आफु पहिलो शेयरधनी बन्ने घोषणा गरे अनुसार त्रिशुली थ्री बी आयोजनाले चैत्र ७ गतेदेखि खोल्ने प्राथमिक शेयरमा आबेदन गर्न हितग्राही खाता खोलेका हुन् ।

मंगलबार ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी पारसमणि ढकाल सहितका अधिकारीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर हितग्राही खाता खोल्ने आबेदन पत्रमा प्रधानमन्त्रीको हस्ताक्षर गराएका थिए ।
ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी ढकालका अनुसार प्रधानमन्त्रीको बैंक खाता पनि ग्लोबल आईएमई बैंकमै रहेको छ ।

प्रधानमन्त्री ओलीले केही दिन अघि अहिलेसम्म आफुले शेयरमा लगानी नगरेको र लगानी गर्ने धेरै पैसा पनि नभएको स्विकार गरेका थिए । ३७ लाख कित्ता शेयर निश्काशन गरी पहिलो चरणमा कबुल गरेको १० प्रतिशत रकम लगानीकर्ताबाट लिन लागेको त्रिशुली थ्री बी मा प्रधानमन्त्रीले कति रकमको आबेदन गर्छन भन्ने कुरा चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीको अर्को निक्षेप सदस्यको कार्यालयमा पनि हितग्राही खाता खुलेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here