सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को सचिवालय र स्थायी समितिले आफुलाई अल्पमतमा पार्ने संभावना देखिएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो गुटका सांसदहरुलाई रातारात काठमाडौ झिकाएका छन् ।
प्रधानमन्त्रीको पक्षमा रहेको भन्दै हस्ताक्षर संकलन गरी संसदीय दलमा बहुमत देखाउँन ओली पक्षीइ सांसदहरु काठमाडौ आउने क्रम जारी रहेको छ । खोटाड.का नेकपा सांसद बिशाल भट्टराई आजै काठमाडौ आर्यपुगेका छन् भने अन्य जिल्लाबाट पनि लकडाउन छलेर सांसदहरु काठमाडौ आउने क्रम जारी रहेको छ
प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा ७८ जना सांसद रहेको दावी गर्दै बहुमत पुर्याउँन १० जना बाँकी रहेकाले तान्ने प्रयास जारी राखेका छन् ।
संसदीय दलमा बहुमत रहेको देखाउँन सांसदहरुको हस्ताक्षर संकलन अभियान तीब्र पारिएको छ । नेकपाका एक सय ७६ साँसद प्रतिनिधिसभामा छन् ।