बैंक तथा बित्तीय संस्थाहरुको गत बर्षको लाभांश घोषणा अभियान अन्तिम चरणमा पुग्दै गर्दा बीमा कम्पनीहरुले पनि अब शुरु गरेका छन् ।

प्रभु बैंकले प्रबद्र्धन गरेको प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५।०७६ को वितरणयोग्य नाफार संचित कोषबाट लाभांश घोषणा गरी बीमा कमपनीहरुको पनि अब धमाधम घोषणा हुने संकेत गरेको छ ।

प्रभु ईन्स्योरेन्सले ५ प्रतिशत बोनस र करसहित ११.३२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

एक अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष २६ करोड खुद नाफा गरी प्रतिशेयर आम्दानी २६ रुपैयाँ कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here