प्रभु बैंकको दस लाख कित्ता डिबेन्चर माघ ६ गते सोमबार धितोपत्र बजारमा सुचिकृत भएको छ ।

एक हजार रुपैयाँ अंकित उक्त ऋण्पत्र कात्र्तिक २१ देखि २७ गते सम्म निष्काशन गरेको थियो । एक लाख कित्ता मध्ये चार लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६ लाख कित्ता प्राईभेट प्लेसमेन्ट मार्फत बिक्रि गरेकोे थियो ।

ऋणपत्रको विक्री प्रबन्धक सनराईज क्यापिटल रहेको थियो ।

उक्त ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेकोे छ । ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ ।

राष्ट्र बैंकले आगामी असारसम्म आफ्नो पूँजीको २५ प्रतिशत डिबेन्चर बिक्री गर्नुपर्ने बाध्यकारी नियम ल्याएपछि बैंक तथा बित्तीय संस्थाहरु हतारिएका छन् । कतिपयलाई आफ्नो पूँजी कोष अनुपात बलियो बनाउनुपर्ने बाभ्यताले पनि डिबेन्चर बिक्रीमा चाप पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here