प्रभु बैंकको ४१ लाख २६ हजार २ सय ६ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।

यसरी रुपान्तरण भएसँगै बैंकको स्वामित्व अनुपात संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुह तर्फ ४९ प्रतिशत भएको छ । यसअघि सो अनुपात ५५ र ४५ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीले कम्तिमा ५१ प्रतिशत शेयर राख्नुपर्ने व्यवस्था छ ।
प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here