किष्ट, ग्राण्ड र नेपाल बिकास बैंक जस्ता खराब कम्पनीहरुलाई आफुमा गोभर सुधारी बलियो बनेको प्रभु बैंकले पहिलोपल्ट लाभांश बाँड्ने निश्चित भएपछि साधारणसभा आब्हान गरेको छ ।

प्रभुले शुरुमा प्रस्ताब गरेको पाँच प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश प्रस्ताबलाई राष्ट्र बैंकले संशोधन गर्न लगाएपछि आठ प्रतिशत बोनस वितरणको प्रस्ताब लिएर प्रभु बैंक साधारणसभा जाने भएको हो । प्रभु बैंकले कर प्रयोजनका लागि अलग रकमको प्रस्ताब गर्दै फागुन १९ गते आईतबार आफ्नै केन्द्रीय कार्यालय बबरमहलमा १७ औं बार्षिक साधारण सभा आब्हान गरेको छ ।

सो साधारणसभामा अन्य बैंक तथा बित्तीय संस्थाहरुलाई फेरि पनि मर्ज वा एक्विजिशनमा ल्याउनसक्ने गरी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताब पनि लगिने जनाईएको छ ।

त्यसैगरी बैंकको संस्थापक हिस्सेदारी ६१.३१ र सर्बसाधारणको ३८.६९ प्रतिशत रहेकोमा संस्थापकको हिस्सलाई ५५ र सर्बसाधराणको हिस्सालाई ४५ प्रतिशत कायम गर्न बिशेष प्रस्ताब पनि साधारणसभामा लगिने उल्लेख छ । संस्थापकको हिस्सेदारी घटाएर सर्बसाधराणको बढाउँन संस्थापकबाट सर्बसाधारण समूहमा परिवर्तनको प्रस्ताब गरिएको देखिन्छ ।

बैंकले सम्पति तथा दायित्वको मूल्यांकनको प्रस्ताब पनि गरेको छ ।

आड अर्ब २३ करोड चुक्ता पूँजी रहेको बैंकले चालु बर्षको दोस्रो त्रैमासमा एक अर्ब ८ करोड वितरणयोग्य मुनाफा कमाएर प्रतिशेयर आम्दानी २५ रुप्रैयाँ कायम गरेको छ भने मूल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ । खराब कर्जाको अनुपात घटाउँदै आएको बैंकले ७० करोड रुपैयाँ पुराना कर्जाहरु असुल गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here