पेट्रोलियम कारोबारमा संलग्न ब्यवसायीहरुको कारोबारलाई सहज बनाउँन प्रभु बैंकले काठमाण्डौको चन्द्रागिरी नगरपालिकास्थित थानकोटमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । सो शाखाको बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले हालै उद्घाटन गरे ।

बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष खडकाले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सकिने सुबिधा दिएकोमा बैंकलाई धन्यबाद दिए ।

बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु र उद्यमी व्यवसायीहरुले सो शाखाबाट प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

प्रभुका प्रमुख कार्यकारी अशोक शेरचनले बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनसक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here