प्रभु बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक बनेको छ ।

बैंकले जावलाखेलालाई बार्षिक २५ लाख रुपैयाँ दुई किस्तामा उपलब्ध गराउने छ ।

यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबलाई आर्थिक सहयोग गरी क्लबको आधिकारिक बैंक बन्नेछ । क्लबका खेलाडीले सहभागिता जनाउने जुनसुकै खेलमा प्रभु बैंक लेखेको जर्सी लगाउने र प्रायोजनसँगै क्लबले भाग लिने सम्पूर्ण खेलकुदसम्बन्धी प्रतियोगितामा प्रभु बैंक लि जावलाखेल युवा क्लबको नामले सहभागी हुने बताइएको छ ।

त्यसैगरी क्लबले प्रभु बैंकमा खाता खोली सम्पूर्ण आर्थिक कारोबार सञ्चालन गर्नेछ । त्यसैगरी जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर होर्डिङ बोर्ड डिस्प्ले बोर्ड लगाई लगाई बैंकको प्रबद्र्धन गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here