राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीको रक्त संचार केन्द्रलाई ४० लाख सहयोग गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना भएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगमा अस्पताल परिसरमा निर्मित रक्त सञ्चार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुकार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सहयोग रकमको चेक बैंकका सिइओ श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई हस्तान्तरण गरे ।
२०४० बाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीलाई निः शुल्क तथा पूर्वप्रहरी तथा तिनका आश्रित परिवारलाई अतिन्यून शुल्कमा सेवा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अस्पतालले सर्वसाधारणलाई समेत सेवा दिन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here