कैलास बिकास बैंकलाई आफुमा मिसाउँन लागेको प्राइम कमर्शियल बैंकले पनि गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट बोनस शेयर घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँको १६ प्रतिशतको दरले हुने एक अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर शेयरधनीलाई दिने प्रस्ताब गरेको छ ।कर प्रयोजनका लागि नगद लाभांशको ब्यवस्था छैन ।

अहिलेकै बोनसबाट मात्रै बैंकको चुक्ता पूँजी ११ अर्ब २३ करोड रुपैयाँ कायम हुनेछ भने कैलासको प्राप्तिपछि कायम हुने चुक्ता पूँजी स्वाप प्रस्ताबले निधाृरण गर्नेछ । यसअघि उसले कन्काई बिकास बैंकलाई प्राप्ति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here