प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि रेटिङ गराएको छ ।
ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ ।
बैंकले ८ बर्ष अवधिका लागि १ हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।

यसमा १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले ऋणपत्र लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङलाई नियुक्त गरेको छ ।

बैंकले ऋणपत्र निष्कासन गर्न हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र बिक्रीमा आउनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here