धितोपत्र बोर्डले प्रुडेन्सियल इन्स्युरेन्सलाई हाल कायम चुक्ता प्ुँजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्र्न अनुमति दिएको छ ।

कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ ।

कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन एक पछि अर्को बिमा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग्न धितोपत्र बोर्ड पुग्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here