प्राग्रेसिभ फाइनान्सले चालु आ.व.को ६ महिनामा २ करोड ९ लाख ९७ हजार रुपैयाँ घाटा भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आ.व.को सोही अवधिमा कम्पनीले २ करोड ४५ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत बर्षको तुलनामा खुद ब्याज आम्दानी १०३.७२ प्रतिशतले वृद्धि भएतापनि अन्य सञ्चालन आम्दानी घटेको र इम्पेरमेन्ट शुल्क, कर्मचारी खर्च , मुल्यह्रास खर्च लगायतका शिर्षकमा अत्याधिक खर्च वृद्धि भएपछि सञ्चालन घाटा भएको छ । गत आ.व.को पुस मसान्तमा कम्पनीको सञ्चालन मुनाफा २ करोड ७५ लाख ८९ हजार रुपैयाँ रहको थियो तर माथि उल्लेखित खर्चहरु अत्याधिक बढेपछि चालु आ.व.को सोहि अवधिमा २ करोड १० लाख सञ्चालन घाटा भएको छ ।

बैंक तथा वित्तीय संस्था र ग्राहक लाई गरि १ अर्ब ४२ करोड ९० लाख ६१ हजार रुपैयाँ कर्जा परिचालन गरेको संस्थाले ४ करोड १९ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आ.व.को सोही अवधिमा २ करोड ५ लाख ७० हजार रुपैयाँ मात्र थियो ।

८० करोड १ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ३५ लाख ६१ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १ करोड १ लाख ३० हजार रुपैयाँले ऋणात्मक छ ।

यसका साथै कम्पनीको घाटामा जाने अर्को कारण निष्किृय कर्जामा वृद्धि पनि हो । समिक्षा अवधिमा कम्पनीको निष्किृय कर्जा १.९१ प्रतिशतले वृद्धि भएको छ । हाल कम्पनीको निष्किृय कर्जा ३.४४ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिशेयर घाटा ६ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरि फाइनान्सको पिई रेसियो ३४.५६ गुणा ऋणात्मक रहेको छ भने तरलता अनुपात ६०.२१ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here