फष्ट माइक्रोफाइनान्स (FMDBL)ले १५ प्रतिशत बोनस बितरण गरेपछि ५० प्रतिशत हकप्रद बेच्ने प्रस्ताब पारित गर्न साधारणसभा बोलाएको छ ।

आगामी असोज ८ गते हुने आठौं वार्षिक साधारणसभामा गत बर्षको खुद नाफाबाट १५ प्रतिशत बोनस बितरण गर्ने र त्यसपछि २२ लाख ८१ हजार ३०० कित्ता हकप्रद बिक्री गर्ने प्रस्ताब प्रस्तुत हुने भएको छ ।

उसको हाल चुक्ता पूँजी ३९ करोड ६७ लाख रुपैयाँ रहेकोमा राष्ट्र बैंकको निर्देशनले थोक कर्जा प्रबाह गर्ने लघुबित्तको ६० करोड पुर्याउनु परेकोले पूँजी थप्न लागेको हो ।

फस्ट माईक्रोले यस अघि पनि ५० प्रतिशत हकप्रद बेचेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here