फस्ट माईक्रोफाईनान्स चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गर्नेमा सदा झै यसपल्ट पनि फस्ट भएको छ तर उसको खुद नाफा कमाई गत बर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ ।

फस्ट फाईक्रोले गत बर्षको पहिलो त्रैमासमा दुई करोड ४१ लाख रुपैयाँखुद नाफा कमाएकोमा यस बर्षको सोही अवधिसम्ममा जम्मा दुई करोड ३० लाखमा सिमित भएको छ । गत बर्ष भन्दा यस बर्ष झन् खुद नाफा बढाउनु पर्नेमा ११ लाख रुपैयाँले घट्नुमा उसको ब्याज खर्चमा भएको बढोत्तरीले खुद ब्याज आम्दानी घट्नु र कर्मचार ितथा प्रशासनिक खर्चमा बृद्धि हुन मुख्य करण देखिएको छ ।

६८ करोड चुक्ता पूँँजी कायम गरी चार अर्ब ३३ करोड थोक कर्जा प्रबाह गरेको कम्पनीको निस्क्रिय कर्जा अनुपात भने सुन्य कायम राखेर जोखिमबाटट बँचेको छ । जगेडा कोषमा १२ करोड छ ।

उसको प्रति शेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा र प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ रहेकोमा मूल्य आम्दानी अनुपात २९ गुणा हुनु शेयर अधिक मूल्यन भएको देखापर्छ ।

फस्ट माईक्रो जस्तै ब्याज खर्च धेरै भएर खुद नाफा घटाईको सामना गर्नु परेको अबस्था अरु लघुवित्तहरुमा पनि देखा पर्नसक्ने संभावना छ । कतिपयको निस्क्रिय कर्जा अनुपात र संचालन खर्च बृद्धिले पनि नकारात्मक असर पार्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here