फिलिपिन्स सरकाले स्टक एक्सचेन्ज अनिश्चित कालको लागि बन्द गरेको छ । सरकारले अन्य महत्वपूर्ण सार्वजनिक स्थल तथा सामूहिक जमघटका कार्यक्रम नगर्न निर्देशन समेत  गरेको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि मार्च १७ बाट अनिश्चितकालीन सेयर बजार बन्द गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले सोमबार जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारण लगानीकर्ता र कर्मचारीहरुलाई सुरक्षा दिन अनिश्चितकालीन सेयर बजार बन्दको घोषणा गरिएको हो ।

नेपालमा भने धितोपत्र बोर्डको निर्देशनसँगै दैनिक शेयर कारोबार समय ४ घण्टाबाट ५ घण्टा पुर्याइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here