फागुन १३ गतेको शेयर बजारमा गुराँस लाईफ ईन्स्योरेन्सको सबैभन्दा धेरै अर्थात १० प्रतिशतले बढ्यो । एकैदिन प्रतिकित्ता रुपैयाले मूल्य बढेर पुग्नुको अरु कुनै ठूलो कारण नभएर नभएर त्यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न फागुन २२ गते शेयरधनी किताब बन्द गर्न सूचना जारी गर्नु नै मुख्य कारण हो ।

९४ लाख कित्ता जम्मा शेयर रहेको, त्यसको ३० प्रतिशत मात्र साधारण शेयर रहेको र त्यस मध्येको पनि केही लाख कित्ता मात्र बजारमा किनबेच भईरहेको अबस्थामा हकप्रदको सूचना आएपछि माग र आपुर्तिमा असन्तुलन हुँदा शेयरको मूल्य धेरै बढेको पाईएको छ । गत दुई बर्षको लाभांश वितरण गर्न समेत बाँकी रहेको र सो समेत प्राप्त हुने अबस्थामा गुराँस लाईफको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हुनुपर्छ ।

त्यसैगरी अपी पावर हाईड्रो कम्पनीले धितोपत्र बोर्डबाट ४७ प्रतिशत हकप्रद बिक्री गर्न स्वीकृति पाएको सूचना सार्वजनिक भएपछि उसको शेयर मूल्यमा पनि सर्किट लागेको छ ।

शिखर ईन्स्योरेन्सले ३० प्रतिशत हकप्रदका लागि बुक क्लोज गरेकै दिन उसको शेयर मूल्य औधी बढ्यो ।

कतिपय लघुवित्तहरुको शेयर मूल्य पनि हकप्रदको सूचना र हल्लाले नै बढेको छ ।

हकप्रद शेयर बिक्रीमा आउनु भनेको कम्पनीले लगानीकर्तालाई मार्या गरेर शेयर दिएको नभई कम्पनीलाई पैसा आबश्यक भएकाले उल्टै लगानीकर्ताबाट तान्न लागेको हो भनी बुझ्नुपर्छ । यसरी महंगोमा दोस्रो बजारबाट शेयर किन्ने र एल्टै हकप्रद किन्न पैसा बुझाउने घाटाको ब्यापार हो ।

हकप्रदको बुक क्लोजको बेला मूल्य समायोजन भई शेयरको भाउ घट्ने, हकप्रद किन्न पैसा तिर्नुपर्ने, भरेको हकप्रद आफ्नो खातामा प्राप्त हुन कम्तिमा तीन महिना समय लाग्ने, त्यो बीचको शेयरको मूल्यमा हुने बदलीको लाभ लिन चुक्न सकिने, शेयर आपुर्ति बढ्न गई मूल्य फेरि कम हुने, हकप्रद बिक्री गरेर पूँजी बढाएको कम्पनीले सोही अनुसार आम्दानी बढाउँन नसके प्रतिशेयर आम्दानी र लाभांश दर कम हुने जस्ता अनेक प्रति असरहरु हुनसक्छन् । कतिपय त हकप्रदको लोभमा उचालिएर दोस्रो बजारमा शेयर किन्ने र हकप्रद भर्ने बेलामा भने चुकेर नसोचेको घाटा पनि खाने गर्छन ।लुम्बिनी जनल इृन्स्योरेन्सले २० प्रतिशत हकप्रद बिक्री गर्दा सर्बसाधारण शेयरधनीले झण्डै एक लाख कित्ता हकप्रद भरेनन् ।

विगतमा हकप्रदमा उचालिनेहरुले नराम्रो घाटा खाएको उदाहरण भए पनि नयाँ लगानीकर्ता र नचेतेकाहरुमा भने गज्जबको आकर्षण देखिन्छ । जसको जति धेरै हकप्रद शेयर बिक्रीमा आउँछ, त्यसको शेयरमा त्यति धेरै उचालिने प्रबृत्ति लगानीकर्तामा रहेको पाईन्छ ।

शेयरको मूल्य बढिरहेको बेलामा हकप्रद किनेर बस्दा पनि फाईदा हुन्छ भन्ने सोचाईले पनि काम गरेको देखिन्छ भने शेयर आपुर्ति कम रहेका कम्पनीहरुमा यसरी लगानी गर्नेहरुले राम्रै पूँजीगत लाभ प्राप्त गरेको पनि देख्न सकिन्छ । तर जोखिम कति लिने भन्ने कुरा लगानीकर्ताको आफ्नै निर्णयको कुरा हो । यसमा अरुले चिन्ता गनुृको कुनै तुक छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here