सेयर बजारमा जब सेयरको मूल्य घट्छ र त्यसको मार लगानीकर्तामा पर्छ, तब छटपटी सुरु हुन्छ । उनीहरुमा अनेक खालका क्रिया प्रतिक्रिया उत्पन्न हुन्छन् । कोही कोही त यत्तिसम्म निराश हुन्छन् कि कानुनले बर्जित गरेका कुराहरु पनि सोच्न थाल्छन् ।

बुधबार बिहान सामाजिक संजालमा यस्तो एउटा स्टाटस देखियो, जसले सेयर बजारका बिश्लेषक रबिन्दं भ्ट्राई माथि नै सुरक्षा चुनौति थपिदिएको भान पार्यो । सेयरबाट करोडपति नामक पुस्तकका लेखक भट्राईप्रति एक लगानीकर्ताले आपत्तिजनक टिप्पणी गर्दै आफ्नो पीडा पोखे ।

सामाजिक संजालमा ब्यक्त यस्ता अभिब्यक्तिले बजार घटाईले लगानीकर्तामा हदैसम्म निराशा र आक्रोश उत्पन्न गराएको स्पष्ट गराउँछ तर दोष भट्टराईको हैन भन्ने पनि उत्तिकैं प्रष्ट छ ।

सेयरको मूल्य घटेर लगानीकर्ताले धान्नै नसक्ने घाटा खाँदा पुस्तक पुरै अध्ययन नगरेका बा क्षणिक आवेग ओकल्नेहरुबाट यस्ता अभिब्यक्ति आएको बुझ्न सकिन्छ ।

सामाजिक संजालमा आफ्नो पुस्तक उल्लेख गरेर आएको टिप्पणी प्रति भट्टराईले सेयर लगानी डटकमसँग प्रतिक्रिया ब्यक्त गर्दै भने- किताब पुरै नपढी बजारलाई सतही रुपमा लिदै आजको भोलि करोडपति बन्ने सपना देखेर बजार छिर्नेहरुको पीडा यो हुनसक्छ ।

उनले सेयरबाट करोडपति बन्न लागेको समयलाई हटाएर खाली करोड मात्रै देख्ने प्रबृत्ति हानिकारक रहेको टिप्पणी गरे । भट्टराईको भनाईमा “सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर १५ बर्षमा कोही सेयरबाट करोडपति भयो भने १५ बर्षको समयलाई भुलेर करोड मात्रै देख्नु महाभूल हो । ”

आज बजार छिर्यो, भोलि करोडपति भएको सपना देख्न पुस्तकले प्रेरित नगरेको उनको दावी छ ।

बिश्लेषक भट्टराईले अहिलेको बजार घटाईमा ब्याज दर र सेयर मूल्य समायोजन नै मुख्य कारक रहेको दावी गर्दै त्यसमा सुधार नभएसम्म मूल्य समायोजनको अरु धेरै संभावना रहिरहने उल्लेख गरे ।

भट्टराईले भने- कम्पनीको सेयर धेरै हुँदा प्रतिसेयर आम्दानीमा असर पर्यो, त्यसबाट प्राप्त हुने प्रतिसेयर प्रतिफल घट्ने भयो । त्यसले बजारमा सेयरको मूल्य समायोजन गरिदियो अनि कर्जा र निक्षेपको ब्याज धेरै हुँदा सेयर बजारमा आउने लगानी खुम्चियो । मुख्यतयाः यही दुई कुराको असर हो ।

यस्तो अबस्थामा लगानीकर्ताले धैर्य धारण गरेर आफुसँग भएका सेयरहरु नबेची ( होल्ड) राख्नुपर्ने सुझाव उनको छ ।

उनले नयाँ लगानीकर्ता बजार छिर्ने बेला आएको भए पनि आफुसँग भएको १०० रुपैयाँ मध्ये ५ रुपैया बजारमा लगानी गर्ने र बिस्तारै लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिए । उनले भने -आफुसँग भएको मध्ये ८० प्रतिशत हैन, पाँच प्रतिशत नगद लगानी गरेर बिस्तारै सुरु गरौं किनभने यहाँ बजार अरु समायोजन हुने ठाउँ अझै छ ।

बैंकहरुमा तरलता बढ्ने अबस्था नभएसम्म बजारमा सुधारको संभावना कमजोर रहेको उनको तर्क छ । भट्टराईले भने= सरकारले केही गरिदिओस भन्ने कसैको चाहना होला तर तरलता नबढाई कुनै सुधार हुनसक्दैन, सरकारले सक्छ भने तरलता बढाओस, अरु उपाय छैन ।

सेयर बजार एकातर्फबाट आउने र अर्कोतर्फबाट निस्कने दुईतर्फी सडक जस्तो भएको उनको तर्क छ । प्राविधिक वा आधारभुत जुनसुकै बिश्लेषणको सहायता लिए पनि लगानीकर्ताले आफु कसरी सुरक्षित हुन्छु भन्ने कुरामा ध्यान दिनुपर्नेमा भट्टराईले जोड दिए । यसमा घाटा कम गर्ने “स्टप लस को सूत्र” पनि त्यस मध्येको एउटा अस्त्र हो- उनले भने ।

रोड राम्रो छ भने ब्रेक नै नभएको गाडी कुदाउनु हुँदैन – भट्टराईले लगानीकर्तालाई सुझाउँदै भने –
अहिले शान्त हुनुहोस्, लगानी गर्नुभन्दा पहिले आफनो उद्धेश्य स्पष्ट गर्नुहोस्, लगानीबाट प्राप्त हुने प्रतिफलको आँकलन गर्नुहोस्, जोखिमबहन क्षमता हेर्नुहोस् अनि कति अवधिको लागि लगानी गर्ने हो सोच्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here