शेयर बजारमा खरिद चाप अत्यधिक भएपछि शेयर बिक्री गर्ने लगानीकर्ताहरु पछुताउन थालेका छन् ।
आफुलाई फाइृदा भएको भन्दै शेयर बेच्ने लगानीकर्ताहरु शेयरको मूल्य भकाभक बढेर फेरि त्यही आफुले बिक्री गरेको शेयर किन्नुपर्ने अज्वस्था आएपछि घाटामा परेको महसुस गर्न थालेका हुन् ।

साताको पहिलो दिन पुस २७ गते नेप्सेमा भएको कारोबारमा खरिद गर्नेहरु हावी भएपछि प्रायः सबै कम्पनीहरुको शेयर उच्च दरमा बढेका छन् । यसमा खासगरी लघुवित्त र बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । बजार बढ्दा बाणिज्य बैंकको शेयर मूल्य पनि उल्लेखनीय रुपमा बढेको छ । तर हाईड्रोपावरका शेयरहरुमा अझै खरिदको चाप न्युन नै रहेको देखिएको छ ।

बिहान कारोबार खुलेखेखि नै लगातार खरिद चाप देखिएको शेयर बजारमा दिनभरि मूल्य बढाएरै किनबेच भयो ।
अन्तिम समयमा आएर लगानीकर्ताहरुले खरिदको क्रम झन् बढाउँदा शेयरको मूल्य मात्रै उचालिएन, कारोबार रकमले नै केही महिना यताको रेकर्ड तोडेर एक अर्ब ३३ करोड बराबरको किनबेच भयो ।

यस दिन सूचक ३.५१ प्रतिशत अर्थात ४२.६१ अंकले माथि गई १२५५.७१ बिन्दुमा टेकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here